पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ ः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताउनुभएको छ ।

kmf]6f] SofK;g M kqsf/;Fu s’/fsfgL ub}{ cWoIf g]kfn M 8f]6L, !$ ;fpg M g]kfn sDo’lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_ sf s]lGb|o cWoIf dfwjs’df/ g]kfn cfh 8f]6Ldf kqsf/x?;Fu /fhgLlts ljifodf s’/fsfgL ug'{ x’Fb} . t:jL/ M ljdnaxfb’/ lji6÷/f;;
एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उहाँले भन्नुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”