खैरो हेरोइनसहित २ जना पक्राउ

करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका–५ घर भई हाल झापा बिर्तामोड नगरपालिका–१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागू औषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।