जापानका सांसद कुबोटा र मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबि कुमार राई बीच भेटवार्ता

मिक्लाजुङ / मोरंगको मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छ्न ।

भेटका क्रममा मोरंगको मिक्लाजुङ्ग गाउँपालिका र स्पेसटाउन बीच कायम हुन् लागेको भगीनी सम्बन्धलाई दिगो र प्रभावकारी बनाउन भेटवार्ता भएको जनाईएको छ । जापानको स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणमा स्पेसटाउन शहरसंग भगीनी सम्बन्ध कायम गर्न जापान पुगेका राईले जापानका प्रभावशाली सांसद कुबोटासंग भेटघाट गरेका हुन् ।

भेटमा अध्यक्ष राईले मिक्लाजुङ्गको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गरेका थिए । राईको आग्रह पश्चात सांसद कुबोटाले सहयोग आदान प्रदान जारी राख्न आफुले सकारात्मक पहल गर्ने बताए ।

उक्त भेटमा मोरंग क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरंगकै कांग्रेस नेता चिरन्जीवी थापा तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।