कार्यसम्पादन मूल्यांकनमा माेरङकै उत्कृष्ट नगरपालिका बन्यो उर्लाबारी

माेरङ / कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट उर्लाबारी नगरपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरिएको छ । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।

उर्लाबारी नगरपालिका मोरङका महानगरपालिका र नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको छ भने गाउँपालिकाहरु सहितको तुलनामा केराबारी गाउँपालिका सबैभन्दा उत्कृष्ट भएको छ । उर्लाबारी नगरपालिकाले ३५.१८ अंक प्राप्त गरेको छ भने केराबारी गाउँपालिका बाहेक अन्य पालिकाहरुले उर्लाबारी नगरपालिकाभन्दा कमजोर अंक हासिल गरेका छन् ।

१६ वटा सूचकहरुमा  नगर कार्यपालिकाले गत असार १० गतेभित्र आर्थिक वर्ष २०८/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभारनगरसभामा पेश गरे/नगरेको, नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको,स्थानीय तहले आ.व. २०८१/८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको ,स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको ,स्थानीय तहको आ।व २०७९/८० को विनियोजित रकम अनुसार खर्चको अवस्था,आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षणवाट औल्याएको बेरुजुको अवस्था ,स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे–नगरेको,स्थानीय तहले आवधिक योजना तर्जुमा गरेरनगरेको ,शैक्षिक शत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर,शैक्षिक शत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ,शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक (जीपीए) १.६ वा सो भन्दा उच्च जीपीए प्राप्त क आर्थिक वर्ष २०७९/८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात ,आर्थिक वर्ष २०७९/८० मा कुल गर्भवती महिलाको संख्या मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०७९/८० मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात रहेका थिए ।

गत आ.ब.मासमेत उर्लाबारी नगरपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा आयोगले अंक प्रदान गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१.८१ अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो ।