हसन्दह स्वास्थ्य चौकीमा स्कृनिङ क्याम्प सञ्चालन

पथरी / पथरी शनिश्चरेको हसन्दह स्वास्थ्य चौकीमा हाईड्रोसीलको निःशुल्क शल्यक्रियाका लागि स्कृनिङ्ग क्याम्प सञ्चालन गरिएको छ ।

बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा कोशी अस्पतालको विराटनगरको प्राविधिक सहयोगमा सो क्याम्प सञ्चालन गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया देविमाया काफ्लेको अध्यक्षतामा सो एक दिने क्याम्प सञ्चालन गरिएको हो । क्याम्पमा नगरका २६ जनाले हाईड्रोसीलको लागि स्कृनिङ गरेका छन् ।

सो क्याम्पमा कोशी अस्पतालका डा. क्षितिज गिरी, डा. विजय भट्ट, गोविन्द कटुवाल, नगरका स्वास्थ्य शाखाका जगत मगर, एकराज खत्री लगायतको उपस्थिति रहेको थियो ।