बेलबारीमा संक्रमित प्रहरीको कन्ट्याक ट्रेसिङ :१७ प्रहरीमा कोरोना देखिएन


बेलबारीका एक जना प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कन्ट्याक ट्रेसिङमा परेका १७ प्रहरीको रिपोर्ट नेगेटिभ देखिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत एक प्रहरीमा कोरोना देखिएपछि अन्य १७ जना प्रहरीको स्वाव नमुना परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नदेखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । गत साउन २८ गते धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार आएको रिपोर्ट आएको हो । प्रहरीसँगै बेलबारीका विभिन्न बैंकका कर्मचारी,क्वारिन्टनमा रहेका व्यक्तिहरु समेत ७७ जनाको परिक्षण भएकोमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।

कन्ट्याक ट्रेसिङ जारी
बेलबारी नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्रेसिङमा परेकाहरुको पहिचान गर्ने र स्वाव परिक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ । संक्रमित प्रहरीकै कन्ट्याक ट्रेसिङका क्रममा पहिचान भएका २८ जनाको स्वाव परिक्षणका लागि शनिबार विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । स्वाव नमुना पठाइएका मध्ये ११ जना प्रहरी रहेका छन् । यस्तै संक्रमित प्रहरीसँगै बस्दै आएका परिवारका सदस्य,बेलबारी स्थित उनी डेरा बस्नेगरेका घरका व्यक्तिहरुको समेत कोरोना परिक्षणका लागि नमुना पठाइएको छ । नेपाल विद्युत प्राधीकरण बेलबारी वितरण केन्द्रका ५ कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइको छ ।

यो पनि पढ्नुहोस