बेलबारीमा कोरोना विपत् आइसक्यो:कसरी सुरक्षित रहने?सरुवारोग विशेषज्ञ शेरबहादुर पुनको यस्तो छ सुझाव


बेलबारीमा पहिलो पटक गत साउन २२ गते ‘ट्राभल हिस्ट्री’ नभएका एक व्यक्तिमा कोरोना पुष्टि भएको सुचना पाएसँगै हामीले सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुरा गर्यौं । सप्रंसङ्ग व्याख्या सहित बुझाउने प्रयास गर्दैे डाक्टर पुनले बेलबारीमा देखिएको त्यो संक्रमणकै आधारमा समुदायस्तरमा कोरोना फैलिएको आफुले नमान्ने स्पष्ट पारे ।‘रिसर्च’ र ‘एभीडेन्स’ अनुसन्धान/सर्वेक्षण/प्रमाणमा विश्वास गर्ने भएकाले आम समुदायमा छ छैन् भनेर परिक्षणको परिणामले बोल्नुपर्ने पुनको तर्क थियो । तर बेलबारीमा खतराको घन्टी निकै ठुलो आवाजमा बजीसकेको पुनको स्पष्ट संकेत थियो । त्यसयता बेलबारीमा कोरोना संक्रमणको अवस्थालाई हेर्दा साँच्चीकै विपत्तीको अवस्था महसुस गर्न सकिन्छ ।
बेलबारीमा अहिलेसम्मको अवस्था
बेलबारीमा अहिले सम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । ४ जनाले कोरोना जितिसकेका छन् । ४ जनाको उपचार भैरहेको छ । ८ मध्ये ५ जना क्वारेन्टिनमै बसेका व्यक्तिहरु हुन् उनीहरु विदेशबाट आएर सिधै क्वारेन्टिन बसेका व्यक्तिहरु हुन् । बाँकी ३ जनाभने भने ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरु हुन् । उनीहरु संक्रमित देश वा भुगोलबाट नआई आफ्नो गाउँठाउँ,समुदाय वा कार्यक्षेत्रमा नियमित काम क्रियाकलापमै रहेका थिए । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी,अर्का एक जना सुरक्षाकर्मी हुन् भने अर्का एक जना आफन्तलाई उपचार गर्न अस्पताल लिएर गएका व्यक्ति हून् । आफुले लिएको जिम्मेवारी पुरा गर्दैगर्दा कोरोना संक्रमण देखिएको सुचना जो कसैका लागि अप्रत्यासित लाग्नु स्वाभाविक हो । यो कसैको चाहनाको विषय हैन् । तर सारा विश्वका प्रत्येक व्यक्ति आज यस्तै सम्भावित अप्रत्यासित अवस्थामा पुग्नु कुनै नौलो विषय पनि रहेन ।

बेलबारीमा यी ३ व्यक्तिमा देखिएको संक्रमण ‘लोकल कम्युनिटी ट्रान्समिसन’ स्थानिय समुदाय संक्रमण हो । उनीहरुमा संक्रमणको स्रोत खुलेको छैन् । केही संकास्पद अवस्था र खुला रुपमा स्वाव नमुना परिक्षण गर्ने क्रममा संक्रमण देखिएको हो । अहिले नेपाल सरकारले जारी गरेको ‘नेस्नल टेस्टिङ गाइडलाईन’ अनुसार नगरपालिकाले कन्ट्याक ट्रेसिङ अर्थात संक्रमित व्यक्तिसँगको भेटघाट/सम्बन्ध/सम्पर्कमा आएकाहरु खोजी गरेर पहिचान गर्ने काम भएको छ । नगरपालिका स्वास्थ्य शाखाले त्यसरी पहिचान भएका व्यक्तिको स्वाव नमुना समेत संकलन गरेर परिक्षणका लागि पठाइसकेको छ ।

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार बेलबारी २ का संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएका भनी पहिचान गरिएका जम्मा २१ जनाको स्वाव परिक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीमा संक्रमण देखिएसँगै त्यहाँ कार्यरत १७ जना प्रहरीको पनि नमुना संकलन गरि पठाइएको छ । संक्रमित प्रहरीको परिवारका सदस्य,कार्यालय वाहिर उनीसँग सम्पर्कमा आएका लगायतलाई होम क्वारेन्टिनमा बसाइएको छ । केही दिनपछि उनीहरुको पनि नमुना परिक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

बेलबारी ५ स्थित कसेनी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुृष्टि भएसँगै त्यहाँ कार्यरत ८ जनाको नमुना परिक्षण भएर सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिले सो स्वास्थ्य चौकी ७ दिनका लागि शिल गरिएको छ भने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु होम क्वारेन्टिनमा बसेका स्वास्थ्य शाखाले जानकारी दिएको छ । समुदायमै कोरोना परिक्षण गर्ने प्रयास स्वरुप बेलबारी नगरपालिकाले सुमदायमा बढि हेलमेल गर्ने प्रकृतिका काम वा पेशा ‘फ्रन्टलाईन’मा रहनेहरु,क्वारेन्टिनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेका समेत गरी ५ सय ६० भन्दा बढिको नमुना संकलन गरी परिक्षणका लागि पठाइसकेको छ । केही रिपोर्ट आउने क्रम रहेको छ । रिपोर्टको परिणाम कस्तो आउँछ त्यसले भोलीको अवस्था निर्धारण गर्दछ ।
लापरवाही बढ्यो भने बेलबारी पनि विरगञ्ज वा विराटनगर जस्तै बन्न सक्छ
क्वारेन्टिनमा बसेका व्यक्तिमा संक्रमण देखिनुपनि चिन्ता कै विषय हो । तर पनि त्यस्ता संक्रमित एकल संक्रमित हुनेछन् । सुरक्षित रुपमा रहेको खण्डमा उनीहरुबाट अरु संक्रमित हुनेछैनन् । परिवार आफन्त सुरक्षित हुनेछन् । तर,जसरी बेलबारीमा अहिले समुदायमै कोरोना संक्रमण देखिन थालेको छ,यसले परिवारका सदस्य हुँदै अन्य व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावना प्रवल हुन्छ । व्यक्तिलाई संक्रमण छ वा छैन् थाहा नहुने, सजिलैसँग अन्य व्यक्तिमा सर्न सक्ने भएकाले व्यक्तिबाट परिवारका सदस्य वा सबैभन्दा नजिकका व्यक्ति संक्रमित हुने सम्भावना धेरै हुन्छ । समुदायमा एउटा मात्रै व्यक्तिमा संक्रमण देखिएमा त्यस व्यक्तिबाट कतिमा फैलियो भनेर खोज्ने, परिक्षण गर्ने जस्ता कार्य जटिल हुन्छन् । असावधानी बढ्यो भने कोरोना संक्रमण भुसको आगो जसरी भित्रभित्रै फैलिरहेको हुन सक्छ । खुला रुपमा हिँडडुल गरिरहेको व्यक्तिमा कोरोना संक्रमण हुँदा उसबाट पचासौ व्यक्तिमा सर्ने सम्भावना रहन्छ । बेलबारीवासी एक एक व्यक्ति सचेत नहुने हो भने भोली के हुन्छ भन्न सकिन्न । लापरवाही, असावधानी, कमजोरी,हेलचेँक्रयाईले विरगञ्ज वा विराटनगरको जस्तै अवस्था बेलबारीमा पनि निम्तिन सक्छ ।

कसरी सुरक्षित रहने ? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव
हामीसँगको कुराकानीका क्रममा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको एउटा दुखेसो थियो –किन मानिसहरु लापरवाही गरिरहेका छन् ? अवस्था हिजोभन्दा झनै जटिल छ तर मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरिरहेका छैनन् । व्यक्ति स्वयं सचेत भएर सुरक्षित रहेन भने सरकार वा चिकित्सकको केही लाग्दैन । डाक्टर पुन भन्छन्, ‘पचासौँ थरी मिष्ठान्न,चौरासी व्यञ्जन खाना तयार गरिदिएपनि खानु पर्नेले खाइदिएन भने त्यसको अर्थ छैन् भने जस्तै कोरोनाबाट सुरक्षित रहनु पर्छ भनेर मात्रै हुदैन् भन्नेले त भनीरहन्छ । मान्नेले मानिदिएन भने त्यसको अर्थ छैन् । त्यसैले सबै व्यक्तिले म सुरक्षित रहनुपर्छ अनीमात्रै परिवार समाज सुरक्षित रहन्छ भन्ने बुझेर व्यवहार सुधार्नुपर्छ । एउटा व्यक्तिको लापरवाही,असावधानीले उसको परिवारमा सबैभन्दा पहिले उसको परिवारका सदस्यमा कोरोना संक्रमण हुनसक्दछ । ।

’डाक्टर पुनका अनुसार माक्स लगाउने, सामाजिक वा भौतिक दुरी कायम गर्दै एक व्यक्तिबाट अर्को व्यक्तिको दुरी ६ फिट भन्दा बढी कायम गर्ने , साबुनपानीले हात धुने जस्ता काम नियमित गर्नैपर्दछ । विनाकामले घरबाट निस्कने, जम्मा हुने, गफ चुट्ने कार्यले कोरोना फैलाउन मात्रै बल पुर्याउँछ ।
समुदायमा कोरोना संक्रमण फैलिँदाको दुर्दशालाई हामीले अन्य देश,नेपालकै पनि विभिन्न ठाउँको उदाहरण हेरेर पाठ सिक्नुपर्दछ । कोरोना नफैलियोस भनेरै बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेको छ । अन्य पालिकाहरुले पनि लकडाउन गरेका छन् । कोरोनाको प्रभाव लामो समयसम्म रहीरहने निश्चित छ ।यसैले अहिले हामी घरमै सुरक्षित बस्ने, अति आवश्यक काम पर्दापनि बढि नै सचेत र सुरक्षित भएरमात्रै वाहिर निस्कने गर्नुपर्दछ । संक्रमण फैलन नदिन कोभिड १९ को सन्दर्भमा जनस्वास्थ्यका अत्यावस्यक मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्दछ ।

स्वाव नमुना दिएपछि हिँडडुल भेटघाट बन्द गरी सुरक्षित बस्ने
अहिले कोरोना परिक्षणको दायरा बढाएको अवस्था छ । सम्ुदायमा,विभिन्न पेसा व्यवसायमा क्रियाशिलहरुको स्वाव नमुना संकलन गरेर परिक्षण गर्ने क्रम बेलाबारी सहित हरेक स्थानिय तहहरुमा चलीरहेको छ । नमुना परिक्षणका लागि पठाइएपछि रिपोर्ट नआउन्जेल व्यक्ति क्वारेन्टिनमा बस्नु आवश्यक हुन्छ । यस्तो बेलामा हिँडडुड,भेटघाट,जनसम्पर्कमा जाने गर्नुहुँदैन् । रिपोर्ट संक्रमण पुष्टि भएमा भेटिएका सबै व्यक्तिमा संक्रमण फैलनसक्ने डर हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि परिक्षणको रिपोर्ट नआउन्जेल सुरक्षित बस्न सबैलाई अपिल गरेको छ ।

Image may contain: text that says 'स्वास्थ्य जनसंख्या मन्त्रालय आपतकालीन व्यवस्थापन megenya Disaster Management ni(HEDMU) स्वास्थ्य आपतकालीन कार्यसंचालन Health Emergency Operation (HEOC) सूचना सूचना !! सूचना कोभिड-१९ जोखिममा हुन मिति: २०७७/०४/२९ महामारी विश्वव्यापी भैरहेको पछिल्लो समय नेपालमा समेत गएको छ तपाईहामी सबै को संक्मणको भएकोले परिक्षणका लागि तथा जनसम्पर्कमा आउने जस्ता ब्यबहार संक्रमण अन्य व्यक्तिबाट संक्मण आफूलाई शंका नलागी नगार्नु नगराउनु हुन शंका परिक्षणका लागि नमुना नेगेटिभ नआउन्जेल सम्म अन्य व्यक्तिको सम्पर्कमा अलग्गिएर बसीदिनुहुन कोभिड-१९ संक्रमणको नतिजा आइसकेपछि आफ्नो सम्पर्कमा व्यक्तिहरुलाई जानकारी गराउन, निगरानी परिक्षणका लागि सहयोग संक्रमण भूमिका खेल्तुहुन सबैमा अनुरोध ...... समिरकुमार अधिकारी -प्रवक्ता'


एक पटक रिपोर्ट नेगेटिभ आउँदैमा सँधैलाई सुरक्षित हैन
कोराना भाइरसको पिसिआर परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएर संक्रमण नदेखिएको पुष्टि भएपनि त्यही रिपोर्टका आधारमा व्यक्ति सँधै सुरक्षित रहने हुँदैन् ।चिकित्सकहरुका अनुसार सुरक्षा विधि, जनस्वास्थ्यका मापदण्ड अपनाएन भने उसमा तत्काल कोरोना संक्रमण हुनसक्दछ । यसैले संक्रमण हुननदिन सँधैभरी सावधानी अपनाउनुपर्दछ ।

कोरोनाबाट बच्न जनस्वास्थ्यका निम्नअनुसार जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड अनिवार्य पालना गरौँ

This image has an empty alt attribute; its file name is 117347612_3509693462376425_6167323454831692421_o.jpg

Image may contain: one or more people, text that says 'आधारभूत 8 9 अनावश्यक वस्तु तथा सतहहरू न्ुने, अनुहारको टीक्षेत्र आँसा, नाक रुपमा न्ुने, मुसलाई सोक्दा हाचिछड गर्दा रुमाल टिस्यु पेपरले मुस छोप्ने, उक्त सम्भव नभएमा काहिनाले छोप्ने, √ 8 8 सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्मव भएसम्म पैसाको कारोबार गर्दा विध्युतीय कारोबार गर्ने, ६ ज्वरो, सोकी श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नआउने, आउने परेको सण्डमा अनिवार मास्क प्रयोग गर्ने'
No photo description available.Image may contain: one or more peopleImage may contain: text that says 'अन्य अल्यावर्यक प्रदान गर्नुपर्ने कार्यलयहरु लगायत क्षेत्रमा कार्य निरन्तरताका सकेसम्म भर्ुअल प्लेटफार्म गर्ने, व्यक्तिहरुको शरीरलाई सेवा दिनु पर्ने (जस्तै: स्वास्थ्यसेवा सेवासमेत, ब्युटी कपाल काटने) अवस्थामा सेवा प्रदायकले अनिवार्य मास्क, पत्जा लगाउने साबुनपानीले हात ट्यवस्था मिलाउने, सामान्य सेवा मास्कको प्रयोग गर्ने मुख गर्दा मास्क प्रयोग गर्ने, मेहिकल परिक्षण सेवाग्ाहीको व्यक्तिरत विवरण सुल्ने गरी (मोवाइल फोन समेत) दैनिक अभिलेस सार्वजनिक यातायात सतचालन गर्ने अवस्थामा एक पइक्तिको सिट्मा एकजना गरेर बस्ने व्यवस्था मिलाउने, स्यानिटाइजरको व्यवस्था सबैले प्रयोग गर्ने|'