सुन्दरहरैचामा समुदायमा कोरोना, थप दुई जनामा कोरोना पुष्टी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा शनिबार थप दुई जनामा कोरोना सक्रमणको पुष्टी भएको छ । सक्रमित हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं ८ का एकजना पुरुष रहेका छन । उनी केही दिन अघी विदेशबाट आएर क्वेरन्टिनमा बस्दै आएका थिए ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका वडा नं ४ का वर्ष ३१ का एक जना पुरुषलाई समेत कोरोना पुष्टी भएको छ । उनको ट्राभल हिस्ट्री देखिएको छैन । स्वाब संकलन गरी चेक गर्दा उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।