इटहरीमा बिहानै देखि लकडाउन कडा बन्दै

इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि प्रदेश नम्बर १का विभिन्न स्थानिय तहहरुले संक्रमण नफैलियोस भनेर लकडाउन गर्न थालेका छन ।
आज इटहरीमा लकडाउनको पहिलो दिन बिहानै बाट इटहरीमा आवत जावत गर्नेको संङख्या निकै कम देखिन्छ । यहाका औषधि पसल बाहेकका सबै व्यबसाय बन्द भएका छन् ।

इटहरीलाई आज बिहान ७ बजेबाट लागु हुनेगरी बन्द गर्ने कुरा इटहरीका मेयर द्धारीकलाल चौधरीले जानकारी दिएका थिए । इटहरीमा समेत समुदाय स्तरमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि हिजो बसेको आपत्कालिन बैठकले यो निणय गरेको हो ।