लिजमा लिएको कृषि फर्म जग्गाधनिद्वारा कब्जा संचालकको बिचल्ली

बेलबारी । मोरंग सुन्दरहरैंचा नगरपालिका -१० खोर्सानेका ४ जना युवा विदेशबाट फर्किएपछी नेपालमा केहि गर्छु भन्ने सपना बोक्दै कृषि क्षेत्रमा लाग्ने सोच बनाए। यी ४ जना युवा बिरबहादुर भट्टराई, धब कुमार खत्री दिनेश खड्का र दल बहादुर बिष्टले बेलबारी नगरपालिका – ७ मा रहेको गौरब कुमार कार्कीको आफ्नै निजि जग्गा ५ बिघा ९ कठामा संचालित फर्म आफुहरुले संचालन गर्ने सम्झौता गरि लिए । १० बर्षको समयाबधि राखेर २०७५ बैशाख १ गते बार्षिक २ लाख २० हजार पहिलो पक्ष जगा धनि कार्कीलाई बुझाउने र प्र्येक २ / २ बर्षमा १० प्रतिशत भाडा वृद्धि हुने र फागुन मसान्त भित्र तिर्ने समझौता गरेको थियो तर तोकिएको समयावधिमा तिर्न न सकेको वा भाखा नाघेका समझौता बदर हुने र सोको हानि न्नोक्सानी द्रोस्रो पक्षले बेहोर्ने उल्लेख अनुसार साक्षी सहित घर जग्गा लिज भाडाको समझौता पत्र उनिहरुले गरेका छन । १९ लाख लागानी गरि केहि भौतिक संरचना निर्माण गरि बाख्रा, माछा, कुखुरा लगायत कृषि कर्म गर्न हौसिए । अहिले २ वर्ष नबित्दै प्रसिद्ध कृषि फर्मको नामले खोलिएको उक्त फर्मको ब्यानर थाहै नदिई एमपी कृषि तथा पशुपन्छी फर्म प्रालिमा परिणत हुँदा दिनेश खडका र बिर बहादुर भट्टराई छागोबाट खसे झैँ भएका छन ।

प्रसिद्ध कृषिको नाममा दल बहादुर बिष्ट र धन कुमार खत्रीको नाममा संचालित फर्म दर्ता छन् भने यी २ जनालाई फर्म हेर्न र रेखदेख गर्न् बिर बहादुर र दिनेशले जिम्मा लागाए। धन कुमार भने बैदेशिक रोजगारमा गए भने बिष्टले एक्लै फर्मं हेर्ने गर्थ्यो। तर अहिले बिश्वासको भरमा फर्म छोदिदा बिष्टले स्थानिय धेरैको रकम लिएर पुस देखि बेपता भएका छन ।सम्झौता अनुसार गत फागुनमा सम्झौता अनुसार भाडा रकम बुझाउन सकेन भने चैत्र ११ को लकडाउनले समेत फर्मलाई असर गर्यो । समझौता अनुसार १ महिना नाघेमा बदर हुने र द्रोस्रो पक्षले हानि नोक्सानी बेहोर्ने भनिएको छ। २ महिना अघि देखि सो फर्म जगाधानी गौरब कार्कीले आफुहरु संग सल्लाह नै नगरी अर्को व्यक्ति तेस्रो पक्षलाई फर्म हस्तान्तरण गरिएको पिडितको भनाई छ।

उता फर्म जिम्मा दिएका बिष्ट बेपता हुँदा अहिले फर्म काम गर्नेले भदौ देखिको तलब पाएका छैनन।
अर्को तर्फ जग्गाधनी कार्कीले आफुले सम्झौता अनुसार नै वडा समितिमा जानकारी गराएर बेपता व्यक्ति सम्पर्क नआएपछि र भाडा रकम समयमा नबुझाउदा आफ्नो सम्पति संरक्षण गर्नका लागि जेष्ठको अन्तिम तिर तेस्रो पक्ष एमपी कृषि तथा पशुपन्छी फर्म प्रालिलाई हस्तान्तरण गरेको बताएका छन । तर पिडित पक्षका अनुसार कार्की जग्गाधनी आफैले गुण्डागर्दी शैलीमा फर्ममा रहेका केही बाख्रा र केही माछा बिक्री गरिदिएका छन ।

स्थानिय तुलसी लम्सालले नजिकबाट फर्मलाई नियालेका उनि जग्गाधानीले अरुलाई हस्तान्तरण गर्नु अन्यायपूर्ण ब्यबहार गरेको बताउछन।

यस बिषयमा न्यायको लागि इलाका प्रहरी कार्यालय बेलबारीले लेनदेनको बिषय भएकोले उजुरी लिन मानेन तर प्रहरीले सामान्य छलफलको लागि सबै पक्षलाई भेला गरिदिने आश्वासन प्रहरीले दिएको छ । भने मेलमिलापका लागि बेलबारी नगरपालिकामा पिडित बिर बहादुर र दिनेशले निवेदन दिएका छंन।
समझौता अनुसार फागुनमा भाडा तिर्न नसकेपनि लकडाउन मौका छ्पोएर यसरि तेस्रो पक्षलाई सल्लाह नै नगरी जगाधानी कार्कीले फर्म हस्तान्तरण गर्नु न्यायपूर्ण नभएको पिडित पक्षको भनाई छ भने यसमा सबैपक्ष बसेर सम्बन्धित निकायबाट समस्या समाधान नगरे पिडितले न्याय पाउने ठाउँ देखिन्न।