२८ लाख प्रकरण : अनियमितता छानविन गर्न बन्यो छानविन समिती

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ३ मा रहेको जेष्ठ नागरिक भवन निर्माणमा आरोप लागेको अनियमितताको विषयमा सुन्दरहरैचा नगरपालिकाले छानविन गर्ने भएको छ ।

सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले आज पत्रकार सम्मेलन आयोजना गरी अनियमितताको आरोप लागेको विषयमा छानविन गर्ने बताएका हुन ।

ढकालले पत्राकार सम्मेलन आयोजना गरि कार्यपालिकाको बैठकबाट उक्त घटना छानविन गर्न नगरपालिकाको तर्फबाट चार सदस्य प्राविधिक टोलीको छानविन समिती निर्माण गरेको बताए ।

उनले छानविन समितिको प्रतिवेदनमा यदि अनियमितता भएको प्रष्ट आएमा जो कोहिलाई पनि नगरले कार्वाही गर्ने बताए । उनले भवन निर्माणमा अनियमितता भएको विषय सञ्चार माध्यममा आए पछि निर्माण कम्पनिको निकासा हुने रकम रोकेको बताए ।

उक्त भवन सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवाले निर्माण गर्दै आएको थियो । भवन निर्माण गर्न करिब २८ लाख बराबरको रकम विनियोजन भए पनि निर्माण कम्पनीले हाल २१/२२ लाख बराबरको रकम निकासा गर्न नगरपालिकालाई पत्र पठाएको थियो।

अनुगमन समितिका सयोजक रहेकि सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको सिफारिसमा लेखा शाखामा रकम निकासाको लागि फायल पुगेको थियो । तर उक्त भवनमा अनियमितता भएको आरोप सगै सञ्चार माध्यममा समाचार प्रकाशित भए पश्चात् लेखा शाखाले रकम निकासामा रोक लगाएको थियो ।