इटहरी पाच दिनको लागि लकडाउन

इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि प्रदेश नम्बर १का विभिन्न स्थानिय तहहरुले संक्रमण नफैलियोस भनेर लकडाउन गर्न थालेका छन ।

इटहरी उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ त्यसै गरी इनरुवा नगरपालिकाले पनि यही साउन २६ गते सम्मलाई लकडाउन गर्ने निणर्य गरेको हो ।

आफ्नै नगर क्षेत्र साथै छिमेकी स्थानीय तहहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी रहेपछि आपतकालिन बैठक बसेर स्थानीय तहहरुले लकडाउन गर्ने निर्णय गर्न थालेका हुन । इटहरीमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्दै आज बसेको आपत्कालिन बैठले निर्णय गरेको छ । इटहरीलाई बुधबार बिहान ७ बजेबाट लागु हुनेगरी बन्द गर्ने कुरा इटहरीका मेयर द्धारीकलाल चौधरीले जानकारी दिएका छन् ।

यही साउन १५ गते यता इटहरी उपमहानगरपालिका क्षेत्रका ८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेपछि बसेको बैठकले पाँच दिनका लागि लकडाउन गर्ने निर्णय गरेको इटहरी अस्पतालका इमरजेन्सी शाखा इञ्चार्ज रामकुमार धमलाले वताए । इटहरीमा यही साउन १५ गते यता देखि परिक्षण गरिएका ४सय ३७ जना मध्ये इटहरी उपमहानगरपालिकाका दुई कर्मचारी सहित ८ जनामा संक्रमण देखिएको समेत धमलाले जानकारी दिए । इटहरीमा हाल सम्म १४सय १९ जनाको पिसीआर टेस्ट गरिएकोमा केही रिपोट आउन वाकी रहेको जनाइएको छ ।