बिहिबार देखि सुन्दरहरैचामा लकडाउन हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले बिहिबार देखि लकडाउन घोषणा गरेको छ । मंगलबार बसेको सुन्दरहरैचा नगरपालिकाको कार्यपालिका बैठकले बिहिबार देखि लकडाउन गर्ने निर्णय गरेको हो ।

मोरङमा समुदायमा कोरोना भाइरसको सक्रमण दिनदिनै बढ्दै गएको कारण सुन्दरहरैचामा समुदाय स्तरको कोरोना भाइरस रोकथामको लागि नगर कार्यपालिकाले लकडाउन गर्ने निर्णय गरेको सुन्दरहरैचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले बताए ।

बिहिबार देखि सुन्दरहरैचा नगरपालिकामा होटल,ब्युटीपर्लर देखि यातायात नचल्नुको साथै सडकमा यात्रा गर्ने जो कोहिले पनि मास्क अनिवार्य लगाउनुपर्ने छ ।

लकडाउन साउन ३० गते एक साताको लागि गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । त्यस्तै नगरपालिकाको कार्यलय र सबै वडाको कार्यलय पुर्ण रुपमा बन्द गर्ने निर्णय पनि कार्यपलिका बैठले गरेको छ ।