मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

विराटनगर । मोरङमा कोरोना सङ्क्रमित बिराटनगर ५ का ७७ वार्षिय एक ब्याक्तिको मृत्यु भएको छ ।
कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने अस्पतालले जानकारी दिएको छ ।
यो सहित प्रदेश १ मा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।