सुन्दरहरैचा स्थित बेलगाछी चौकमा सडक दुर्घटना: दुई घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा सडक दुर्घटना हुदा दुई जना घाइते भएका छन ।

पुर्वपश्चिम लोकमार्ग स्थित बेलगाछि चौकमा पुर्व बाट पश्चिम आउदै गरेको को २१ प ६११३ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउदै गरेको ठेलारिक्सालाई पछाडिबाट ठक्कर दिदा ठेलारिक्सा चालक र मोटरसाइकल चालक घाइते भएका छन ।

घाइते हुने ठेलारिक्सा चालक सुन्दरहरैचा नगरपालिका वडा नं ७ बस्ने वर्ष ४२ को शुक्रे चौधरी र मोटरसाइकल चालक झापा गौरादह नगरपालिका ७ बस्ने वर्ष २५ को भिम बहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका ठेलारिक्सा चालक र गम्भीर घाइते भएका मोटरसाइकल चालक दुवैलाई उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाइएको प्रहरीले जनाएको छ ।