उधोग वाणिज्य संघ सुन्दरदुलारीले वितरण गर्यो यात्रुलाई माक्स

सुन्दरहरैचा । सुन्दरदुलारी उधोग वाणिज्य संघ, सुन्दरहरैचाले शनिबार पुर्वपश्चिम लोकमार्गमा यात्रा गर्ने यात्रुहरुलाई माक्स वितरण गरेको छ ।

शनिबार सुन्दरहरैचा नगरपालिका स्थित गछिया बजारमा भेला भएर संघले यात्रा गर्ने यात्रुहरुलाई माक्स वितरण गरेको हो ।



महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) सक्रमण रोक्नको लागि यात्रुहरुलाई माक्स वितरण गरेको संघका अध्यक्ष किशोर कार्किले बताए । माक्स नलगाई हिड्ने जो कोहि यात्रुहरुलाई प्रशासनले यात्रा गर्न नदिने नियम बनाए पछि संघले आत्यावश्यक काममा यात्रा गरेका यात्रुहरुलाई सहज बनाउन माक्स वितरण गरेको कार्किले बताए ।

सुन्दरहरैचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले सरकारले कोरोना भाइरस रोकथाममा हेलचक्राई गरिरहेका बेला उधोग वाणिज्य संघले देखाएको सकृयताको प्रशंसा गरेका थिए । उनले कोरोना भाइरस समुदायमा फैलिसकेको भन्दै सबैलाई सचेत भई यात्रा गर्न अनुरोध गरे ।

संघले उधोग वाणिज्य संघका अन्य पदाधिकारी, सदस्य र नेपाल प्रहरीको उपस्थितिमा यात्रुहरुलाई माक्स वितरण गरेको थियो ।