विराटनगरमा दुई साताका लागि लकडाउन घोषणा

विराटनगर महानगरपालिकाले शुक्रबार राती (आज) १२ बजेदेखि आगामी दुई हप्ताका लागि लकडाउन घोषणा गरेको छ ।

मेयर भीम पराजुलीले प्रदेश सरकारसँगको छलफलपछि दुई हप्ताका लागि विराटनगर लकडाउन घोषणा गरिएको जानकारी दिए ।

प्रदेशको राजधानी समेत रहेको विराटनगरमा समुदायमै कोरोनाका संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले समेत पुष्टि गरे ।

विराटनगरमा शुक्रबारमात्रै थप १० जनामा कोरोना पुष्टि भएको छ । विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको जनाइएको छ ।