मोरङमा प्रहरी र लागुऔषध कारोबारी बिच भिडन्त

विराटनगर । मोरङमा लागूऔषध भण्डार गरेर कारोबार भइरहेको अबस्थामा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा प्रहरीमाथिनै आक्रमण भएको छ ।

गाउलेहरुले प्रहरी माथी लाठी , भाला र खुकुरी लिएर आक्रमण उत्रिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि बिहीबार राति गाउँलेले घेरा हालेर आक्रमण गर्दा तीन प्रहरी घाइते घाइते भएका छन् । घाइते हुने प्रहरीहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी छन् ।

ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको मोरङका एसपी सन्तोष खड्काले बताए ।

प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ ।