विरगञ्जका मेयरलाई कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं गरिएको परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । मेयर सरावगीको काठमाण्डौको एक अस्पतालमा उपचार भईरहेको छ ।

मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । सरावगीले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने बताएका छन । वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेको उनले बताए ।