बेलबारीका सनमले माया घरमा आश्रितलाई खिर खुवाए

साउन १५ मा खिर खाने नेपाल को पुरानो संस्कृतिलाई जिवित राख्ने प्रयास स्वरुप बेलबारीका सनम खतिवडाले विहिबार जेष्ठ नागरिक,वालवालिका एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई खिर खुवाएका छन् । बेलबारी ३ का सनम खतिवडा (राजा) ले सस्कृती लाई समाजसेवा मा जोड्दै इटहरी स्थित माया घरमा आश्रित व्यक्तिहरुलाई खिर खुवाएको बताएका छन् । माया घरमा आश्रित ६० जनालाई खिर खुवाइएको उनले जानकारी दिए । नयाँ पुस्तामा मौलिक पर्व र संस्कृतिबारे कमैमात्र जानकारी हुने,मौलिकता विर्सँदै जाने अवस्थाबाट नेपाली संस्कृतिलाई जोगाउदै लैजाने सोच रहेको पनि खतिवडाले बताए । कार्यक्रममा महिला अधिकार मन्च प्रदेश १ कि संयोजक सीता सुवेदी सहित बेलबारी का युबा रोशन परिवार, सुबास गिरि,विशाल राई , लोकेश ढकाल , निरज नेपाल , सन्देश गिरि, अर्जुन ढुङ्गाना ,सुजिता लामिछाने ,सुजन चौधरि लगायत पनि खिर खुवाउने कार्यमा सहभागी भएका थिए । विभिन्न ढंगले समाजसेवा गर्ने साथै गायन प्रतिभा समेत विकास गर्दै लैजाने आफ्नो उद्देश्य रहेको सनमले जानकारी दिएका छन् ।




Leave a Reply

Your email address will not be published.