विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि

विराटनगर ।  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ । अहिले डिन कार्यालयका १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको छ