थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ को कुल सङ्क्रमितको संख्या १९ हजार ५४७ पुगेको जानकारी दिनुभयो । नेपालमा हाल पाँच हजार २२७ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २७८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् ।