मोरङबाट लागुऔषध ट्याबलेट सहित दुई जना पक्राउ

सुन्दरहरैचा । मोरङको रतुवामाई नगरपालिका-२ बाट लागुऔषध ट्याब्टेल सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो साँढे ४ बजे उर्लावारी नगरपालिका-५ का २२ बर्षीय बिबश तामाङ र २१ बर्षीय सुरज बि.क.लाई लागुऔषध ट्याब्टेल सहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट नाईट्रोभेट ट्याब्लेट ८ पत्ता र SP ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।