सुन्दरहरैचाको मालती पुलमा दुर्घटना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा वडा नं ०७ स्थित मालती पुलमा सवारी दुर्घटना भएको छ । पुर्व पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको को २८ प ३६६१ नं. को स्कुटरले साइकलयात्रीलाई ठक्कर दिदा सुन्दरहरैचा ०७ बस्ने वर्ष ६२ कि भद्रमाया सुबेदी घाइते भएको प्रहरी गछियाले जनाएको छ ।

घाइते सुवेदीलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएको स्कुटर र चालक प्रहरी चौकी गछीयाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।