इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

इटहरी । इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ उपमेयर गौतमले बताईन् ।