होम डेलिभरीको व्यवस्था: अब हलेसी विराटचौकमा विभिन्न खाजाका परिकार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १२ स्थित विराटचौकमा रहेको हलेसी खाजा घरले होम डेलिभरीको समेत व्यवस्था गरेको छ । लामो समय देखि विराटचौकमा सञ्चालनमा आएको हलेसी खाजा घरले ग्राहकको माग अनुसार होम डेलिभरीको समेत व्यवस्था गरेको हो ।

सुरक्षाका साथ घरमा बसि बसि खाना अर्डर गरौँ’ भन्ने नारासहित हलेसीले उक्त सेवा सुरु गरेको हो ।सुन्दरहरैचाको विराटचौकका विभिन्न स्थानमा रहेका आफ्ना हरेक ग्राहकलाई विराटचौकबाट यस्तो सेवा दिन सुरु गरेको हो । हलेसी ज्वेलर्सबाट सुनचादीको व्यवसायबाट आफ्नो व्यवसाय शुरु गरेका विराटचौकका दिपेश श्रेष्ठले विगत दुई वर्ष देखि ज्वेलर्स सगै खाजा घरको समेत व्यवसाय सञ्चालनमा ल्याएका हुन । एकै ठौउमा बसेर होटल व्यवसाय गरिरहेका श्रेष्ठले पछिल्लो समय लकडाउनको असरका कारण आफ्नो व्यवसायको मोडालिटी परिवर्तन गरि उनले होम डेलिभरीको समेत व्यवस्था गरेका हुन । लामो समय देखि सञ्चालनमा आएको हलेसी खाजा घरले ग्राहकको मन जित्दै आएको छ । लकडाउनलाई मध्यनजर गर्दै हलेसी खाजा घरले सुरक्षा विधि अपनाउदै यस्तो सेवा ल्याएको श्रेष्ठले बताए । उनका अनुसार ग्राहकले रोजे अनुसारको खाजा ग्राहकको घरघरमा नै पुर्याइने श्रेष्ठले बताए ।

श्रेष्ठले मात्र हैन लकडाउनका कारण अहिले हरेक व्यवसायीले आफ्नो व्यवसायको मोडालिटी परिवर्तन गर्ने सोचमा छन । लकडाउनले अहिले हरेक व्यक्तीहरु घरबाट बाहिर निस्किने अवस्था छैन तर पनि विराटचौकमा विभिन्न बैक , सहकारी देखि अन्य व्यवसायहरुले आफ्नो व्यवसाय सञ्चालनमा ल्याएका छन । जसका कारण पनि अहिले उनिहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै हलेसी खाजा घरले होम डेलिभरीको प्याकेज ल्याएको श्रेष्ठले बताए । उनले व्यवसाय सञ्चालन गर्नेको लागि मात्र नभएर यो प्याकेज अन्य घर बस्ने ग्राहकहरुलाई समेत लागू गरेको बताए । विराटचौकमा धेरै खाजा घरहरु छन तर लकडाउनका कारण कति पय खाजा घरहरु सञ्चालनमा आउन सकेका छैनन भने कतिपय खाजा घरले लकडाउनका कारण ग्राहकलाई सेवा दिन समेत सकिरहेका छैनन तर हलेसीले सबै ग्राहकहरुलाई घरमै अर्डर अनुसारको खाजा पुर्याउन सक्ने श्रेष्ठले बताए ।

ग्राहकले हलेसी खाजा घरको आधिकारिक नम्बर ९८०३५८४५९६/९८६२०६२५११ मोबाइल नम्बरमा कल गरेर विभिन्न खाजाका परिकारहरु अडर गर्न सक्नेछन । हलेसी खाजा घरले विराटचौकमा मात्र नभएर अन्य ठाउमा समेत यो व्यवस्था ल्याउन लागेको श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार यो प्याकेज लकडाउन भरी मात्र भए पनि लकडाउन पश्चात पनि लागू गरिने बताए ।