लुटपाटमा संलग्न चार जना इटहरीबाट पक्राउ

इटहरी । बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका-८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७,६०० चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक रोसी गाउँपालिका-३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका-५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका-८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका-२ का २६ बर्षीय कमल लामा रहेका छन् । यो समुहले ईटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद १२, ९०० बरामद गरेको छ । पक्राउ परेको यो समुह चोरी गर्नकै लागी काठमाण्डौबाट श्रावण ८ गते पुर्व तर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।