प्रदेश १ मा मंगलबार २१ जना कोरोना संक्रमित थपिए


प्रदेश १ मा मंगलबार २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा आज सम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको उहाँले बताउनुभयो ।