जेष्ठ नगरिक भवन निर्माणमा प्राविधिक सेटिङ रहेको दाबी (भिडियो सहित)

सुन्दरहरैचा । जेष्ठ नगरिक भवन निर्माणमा प्राविधिक सेटिङ रहेको दाबी स्थानिय नागरिकले गरेका छन । सोमबार जेष्ठ नागरिक समाजले गरेको पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी अजम्बर राईले उक्त भवन निर्माण गर्दा देखी टेण्डर प्रकृया सम्मा प्राविधिक सेट्ङ रहेको दाबी गरेका हुन । उनले नयाँ संरचना बिग्रीएको र भवन हेर्दा धुरु धुरु रुने पर्ने अवस्था भएको बताएका थिए । उनले बाटोको लेभल भन्दा निर्माणधिन भवन गहिराईमा रहेकोले वर्खा याममा पोखरीमा जेष्ठ नागरिक बस्न वाध्य हुने बताएका थिए ।

लक्ष्मी नारायण मन्दिरसंग जग्गा मागेर जेष्ठ नागरिक भवन निर्माण कार्य दुई वर्ष अघि सुरु गरेको र सोही भवन पुरा गर्न संघिय सासंद लालबाबु पण्डितलाई अनुरोध गरेपछि तराई मधेश समृद्धि कार्यक्रमबाट २५लाख प्राप्त नगरपालिकाको थप ३लाख गरि अर्कै ठाउँमा भवन वनाइएको समाजका अध्यक्ष भिमवहादु कार्कीले आरोप लगाए । उनले आफुहरुले वनाउदै गरेको भवनलाई पुर्णता दिन अनुरोध साथै उपभोक्ता समिति मार्फत काम गराउन अनुरोध गर्दा नमानेर ठेक्केदार मार्फत वनाइएको भवन हेर्दा त्यति खर्च भएको पत्याउन अवस्था नभएको भन्दै भवन निर्माणमा आर्थिक अनियमितता भएको आशंका गरे ।

वडामा निर्माण हुने भएको कारण आफुहरुले चासो दिएर उपभोक्ता मार्फत निर्माण गर्न आग्रह गर्दा नमानि ठेक्केदारलाई निर्माण कार्यको जिम्मेवारी दिएको वताउदै वडा नम्बर ३का वडाध्यक्ष जीवन ढुंगानाले प्राविधिकको स्टमेट अनुसार भवन निर्माण भए नभएको छानविन हुनु पर्ने वताए। सोमबार भएको पत्रकार सम्मेलनमा उनले वडा कार्यालयले प्राविधिकको मुल्याँकन र स्टीमेट अनुसार एक्कीन गरेर रकम भुक्तानी गरि दिनु भनेर सिफारिस दिएको जानकारी दिए ।

आर्थिक वर्ष समाप्त हुँदा सम्म पनि काम सम्पन्न गरेर निर्माणको जिम्मा पाएको सावाना निर्माण सेवाले भवन हस्तान्तरण गरि सकेको छैन । तर अनुगमन समिति संयोजक रहेकी उपप्रमुख धनमाया तामाङले उक्त भवन निर्माणको जिम्मा पाएको सावाना निर्माण सेवालाई रकम निकासा गरिदिनु भन्दै लेखा शाखामा सिफारिस गरेकी छिन् । उपप्रमुख तमाङअको अनुसार नगरका प्राविधिकले निर्माणधिन उक्त भवनको स्टेटमेन्ट ल्याएपछी आफुले सोही अनुसारको रकम निकासिको लागि सिफारिस गरेको बताएकि छिन् । तर उनले आफुले राम्रारी फायल अध्ययन नै नगरेको समेत बताएकि छिन् .

यसरी नगरका जिम्मेवार व्यक्तीहरुले नै बिकासअका कार्यहरुको अध्ययन नगरि गलत तरिकाबाट नगर सञ्चालन गर्दा नगरबाट जो कोही नागरिकलाई पनि सेवा लिना समस्या भईरहेको छ ।

यता नगरका केही कर्मचारीहरुलाई घटना सार्वजनिक भएको दिन नै सम्झौता भएको फायल हेर्न सञ्चारकर्मीहरुले अनुरोध गरे पनि सम्झौता फायल नै कर्मचारीहरुले लुकाएका थिए । घटना सार्वजनिक भएको दिन निर्माणधिन भवनमा केही काम नभएता पनि सम्झौता फायल कर्मचारीहरुले लुकाएपछी अनियमितता भएको आरोपबाट बच्न कर्मचारीहरुलाई सजिलो भएको छ ।