विराट नर्सिङहोममा थप ४ जनामा कोरोना

विराटनगर । विराट नर्सिङहोममा कार्यरत थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार सोही नर्सिङ होमका सञ्चालकसमेत रहेका चिकित्सकमा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमित सबै जना नर्स रहेको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कोसी अस्पतालमा कार्यरत एक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ । तिनैमध्येकी एक नर्सको कन्ट्याक्ट ट्रेसिङका आधारमा कोसीका चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि स्वाब संकलन भइरहेको कार्कीले बताए ।