गोरु काटेको आरोपमा सुन्दरहरैचाका सुमन पक्राउ

सुन्दरहरैचा । गोरु काटेको आरोपमा मोरङ स्थित सुन्दरहरैचा नगरपालिका–९ बाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ९ बस्ने २५ वर्षीय सुमन दनुवार रहेका छन् । 

गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई शनिबार पक्राउ गरेको थियो । प्रहरी घटनास्थल पुग्दा काटिएको मासु काटिसकिएको अवस्थामा प्रहरीले उक्त व्यक्तीलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । ढकालका अनुसार पक्राउ परेका व्यक्तीलाई पशुपंक्षी कसुर मुद्दामा मुद्दा चलाईने छ ।