प्रदेश १ मा थपिए १० जना कोरोना संक्रमित

विराटनगर, १० साउन ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ । प्रदेश १ मा शनिबार ४ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा १० जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।