अमना सिसौलीले रोप्यो ४ सय ९७ बिरुवा

अमना सिसौली सामुदायिक बन उपभोक्ता समुह बेलबारीले बृक्षरोपण गरेको छ । बेलबारी १ पशु हटिया उत्तरमा समुहले बिभिन्न जातका ४ सय ९७ बिरुवा रोपेको छ ।

यो आर्थिक बर्षमा २ हजार बिरुवा रोप्ने लक्ष्य लिएको समुहले शनिबार बृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । डेड बिगाहा जमिनमा बिभिन्न जातका बिरुवाहरु रोपिएको समुहका अध्यक्ष लिला प्रसाद आचार्यले जानकारी दिए । रोपिएको बिरुवाहरुमा बाँस ३२, सिरिस फूल ३०, बेल १ सय ५५, अमला ६०, कदम १ सय ३०, कल्की फूल २०, मयूरपँखी फूल १५, मलेसियन साखु ३०, राजबृक्ष १०, विरेन्द्र फूल १५ र टिक ३० वटा रहेका छन ।