बेलबारी ६ को धैँती खोलामा बन्यो पक्की पुल


बेलबारी वडानम्बर ६ को धैँती खोलामा बाँसको कच्ची पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने स्थानियको वाध्यता हटेको छ । सो स्थानमा पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानियले सुविधा र सुरक्षा महसुस गरेका छन् । नवनिर्मित पक्कीपुलको शुक्रबार उद्घाटन समेत भएको छ । बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण भएपछि हर्षित स्थानिय वासिन्दाले बजेट व्यवस्था गरिदिने नगरपालिका सहित निर्माण कार्यमा सम्बन्धित सबैलाई धन्यवाद दिएका छन् । नगर प्रमुख सुवेदीले सो पुलको निर्माणको लागत तथा सयमलाई हेरर अन्य वडाहरुले समेत पाठ सिक्नु पर्ने बताउनु भएको छ ।
बेलबारी नगरपालिका ६ नम्बर वडाको ५ लाख रुपैयाँ तथा गरपालिकाको ८ लाख गरी जम्मा १३ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै अब वडा नम्बर ७ हुदै बिराटनगर सम्म जानका लागि पनि सहज भएको बेलबारी ६ का वडाध्यक्ष उदय बहादुर राई (राजु)ले बताउनु भयो ।

Image may contain: 10 people, people standing and outdoor