घुस रकम सहित डिभिजन वन कार्यालय सुनसरीका प्रमुख र उनकी श्रीमती पक्राउ

इटहरी । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख डि.एफ.ओ. रामबाबु साह घुस वापतको रकम सहित पक्राउ परेका छन् ।

शुक्रबार श्रीमती किरण शाह सगै अवैध रकम लिई रौतहट तर्फ जाँदै गर्दा सुनसरीको कोशी गाउपालिका ८ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले बा.२झ. ४१० नम्बरको सोही कार्यालयको सवारी साधनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हाे ।

डिभिजन प्रमुख साह र उनकी श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको रु. ५ लाख ५३ हजार फेला परेको छ ।