छोरी बलत्कारको आरोपमा बाबू पक्राउ


कञ्चनपुर । कञ्चनपुरको गएराती आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए । बालिका कराएपछि परिवारका अन्य सदस्यले बलात्कार गरेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।

घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले बताए ।