हराएका २८ थान मोबाइल मोरङ प्रहरीद्वारा फिर्ता


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न ब्राण्डका २८ थान हराएका मोबाइल फेला पारेको छ ।

मोबाइल हराएको निबेदन दिएको आधारमा बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको मोबाइल फिर्ता गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत उक्त हराएको मोबाइल संबन्धित धनिलाई फिर्ता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले ०७६/७७ सम्ममा १८३ थान मोवाईल फेला पारी संम्बन्धित व्यक्तीलाई बुझाएको जनाएको छ ।