ओलीले नेकपा एमाले दर्ता गराए : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गराएको आरोप लगाएका छन ।

प्रचण्डले ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका हुन ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउदै अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको बताएका हुन ।