सुन्दरहरैचा नगरपालिकामा अनुगमन : फोटो खिच्नैका लागि मात्र हो ?

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका वडा नं ३ मा बन्दै गरेको जेष्ठ नागरिक सभाहल विवादमा आएको छ ।

नागरिक स्तरबाट नै उक्त भवन निर्माणमा चरम अनियमितता हुन सक्ने भन्दै दबाब आए पछी अहिले सुन्दरहरैचा नगरपालिकामा अन्य विकासका कार्यहरुमा समेत अनियमितता भएको हुन सक्ने भन्दै सामाजिक संजालमा प्रचार बाजि भईरहेको छ ।

बुधबार एका एक उक्त भवनमा अनियमितता भएको विषय सार्वजनिक भए पनि नगरपालिका भने बेखबर बने जस्तो बसिरहेको छ ।

नगरपालिकामा चरम अनियमितता हुन सक्ने आशंका नागरिक तहबाट आए पनि जनप्रतिनिधी बेखबर बन्नु गैह्रजिम्मेवार बन्नु हो ।

विकास निर्माणका कार्यहरुको अनुगमन गर्न नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको संयोजकत्वमा समिती निर्माण भए पनि अनुगमन नै फितलो हुने गरेको जनगुनासो आउन थालेको छ ।

उपप्रमुखको संयोजकत्वमा विभिन्न प्राविधिक टोलीहरुको जनशक्ती भए पनि अनुगमन फोटो खिच्नैका लागि मात्र भएको हुन सक्ने नागरिक जनगुनासो रहेको छ ।

बुधबार जेष्ठ नागरिक सभाहल निर्माणको अनुगमनमा समेत फितलो भएको छ । सामाजिक संजालमा उक्त भवनमा अनियमितता भएको खबर सार्वजनिक भए सगै लगतै लेखा अधिकृतको टोली र जनप्रतिनिधिको टोली प्राविधिक टोली सहित अनुगमन गर्न गएको थियो । तर संयोजक उपप्रमुख भने उक्त टोलीमा अनुपस्थित रहेकी थिईन ।

कर्मचारी र जनप्रतिनिधिको केही टोलीको अनुगमनमा समेत अगाडि बसेर हेर्ने र लागत अनुमान गर्ने बाहेक केही भएन । त्यसोत प्राविधिक टोली सहित गएको अनुगमनमा समेत प्राविधिकले अन्दाजी लागत अनुमान मात्र गरेका थिए ।

घटना यो मात्र हैन , नगरले गरेका हरेक विकास निर्माणमा अनुगमन गर्दा प्राविधिक टोली सहित अनुगमनमा गए पनि केही केही स्थान बाहेक अन्य स्थानमा फोटो खिच्नैका लागि गएको भन्ने जनगुनासो आउन थालेको छ ।

बुधबार जेष्ठ नागरिक सभाहलको अनुगमन बारे संयोजक उपप्रमुख तामङसग बुझ्दा पनि सबै काम प्राविधिकले गर्ने हुदा आफू बेखबर बनेको बताएकी थिईन । तर उक्त भवनको रकम निकासीका लागि वडा देखि नगर सम्मकाले लेखा शाखामा सिफारिस गरिसकेका छन ।

लेखा शाखामा सिफारिस कसरी भयो भन्ने बारे बुझ्दा उपप्रमुख तामाङले प्राविधिकले बनाएको स्टेटमेन्ट र डकुमेन्टका आधारमा आफुले सिफारिस गर्ने गरेको बताइन ।

वडा नं ३ बाट समेत उक्त भवनको रकम निकासका लागि सिफारिस भएको पाइएको छ । वडा बाटै सिफारिस आएपछी यसो भन्छन वडाध्यक्ष जीवन प्रसाद ढुंगाना : श्रमिकले कार्य गरे पछि उसको श्रमको ज्याला दिनुपर्छ सोही अनुसारले प्राविधिक स्टेटमेन्ट र बिलका आधारमा आफुले नगरलाई सिफारिस गरेको उनको भनाई रहेको छ ।

सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले वडा र नगरबाट रकम निकासीको सिफारिस आए पनि भुक्तानी रोकेको बताए ।

उनले यस विषयमा सबै छानबिन भए पश्चात् मात्र अब रकम भुक्तानी हुने बताए ।