केराबारीमा जबरजस्ती करणी गरेको आरोपमा लिम्बु पक्राउ

केराबारी । केराबारी गाउपालिका ५ बस्ने ६३ वर्षीय राम कुमार लिम्बुले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई बिहिबार केराबारी ५ स्थित मीन माया लिम्बुको मकै बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपित लिम्बुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।