बेलबारीको जंगलमा झुण्डिएको अवस्थामा महिलाको शव भेटियो

बेलबारी । बेलबारी नगरपालिका १० स्थित श्रीजना सामुदायिक वनमा एक जना महिलाको शव फेला परेको छ। जंगलभित्र रूखमा डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

मृत अन्दाजी २०/२२ वर्षीया महिलाको पहिचान हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय, बेलबारीले कालो भेष्ट, हरियो सुरुवाल लगाएकी र वाया हातमा औठी र घडी लगाएकी माझौला शरीर गोरो वर्ण कि महिला मृत भेटिएको जनाएको छ ।