सुन्दरहरैचामा कर्मचारीको मिलेमतोमा नै लुक्यो २८ लाखको फायल

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा पछिल्लो समय विकास निर्माणका काममा आर्थिक अनियमितता हुने क्रम बढ्दै गएको छ ।

सुन्दरहरैचा नगरपालिकामा कर्मचारीको मिलेमतोमा विकास निर्माणका काममा अनियमितता हुने क्रम बढेको नगरवासीले आरोप लगाएका छन ।

सुन्दरहरैचा नगरपालिका स्थित वडा नं ३ को वडा कार्यालय अगाडि बन्दै गरेको जेष्ठ नागरिक भवनको सभाहलमा अनियमितता भएको स्थानियले बताएका छन ।

उक्त भवन निर्माण गर्न नगरपालिकाले टेण्डर आह्वान गरि चैत्र २० गते सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवा सग सम्झौता गरेको थियो ।

सावना निर्माण कम्पनीले पाएको उक्त भवन निर्माण गर्न रु २७,८५,८३७ को सम्झौता भएको छ ।

त्यसो त सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख, लेखा अधिकृत देखि अन्य कर्मचारीले समेतले उक्त भवन निर्माणमा सम्झौता अनुसार नभएको स्विकार गरिसकेका छन ।

उक्त भवन निर्माण गर्न नगरपालिकाले टेण्डर आह्वान गरि चैत्र २० गते सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवा सग सम्झौता गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिले यस अघि हुँदै आएका आर्थिक अनियमितताको अन्त्य गरी विकासमा सरिक हुने अपेक्षा स्थानीयले गरेको भए पनि कार्यान्वयनमा यस्ता घटनाले थप प्रश्रय मात्रै पाइरहेको सम्बन्धित अधिकारीहरू बताउँछन् । 

विकास निर्माण र पूर्वाधारका हिसाबले नगरपालिका अन्य नगरको तुलनामा अगाडि छ । यहाँका नागरिकले स्थानीय तहको निर्वाचनपछि पूर्वाधार निर्माणमा आयाम थपिने आशा गरेका थिए । तर, आम जनताको आशामाथि अधिकांश जनप्रतिनिधि गम्भीर नभएको आरोप लाग्दै आएको छ ।

भवन निर्माणमा चरम लापरबाही भएको गुनासो सामाजिक संजालमा आएपछी बुधबार सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल, इन्जिनियर सुनिल अधिकारी , जनप्रतिनिधि र केही पत्रकारहरुको सयुक्त टोलीले उक्त बन्दै गरेको भवनको अनुगमन गरेका थिए ।

अनुगमनबाट लेखा अधिकृत ढकालले सम्झौता अनुरुप कार्य नभएको हुदा भुक्तानी रकम रोक्ने बताएका छन ।

उक्त भवनको स्टेटमेन्ट बनाएका सुन्दरहरैचा नगरपालिकाका ओभरसियर अम्बिका गुरागाई हुन । साविक सुन्दरदुलारी नगरपालिका हुदा उनी एक रुपैयामा जागिर खाने कर्मचारीमा गनिन्थे तर अहिले सुन्दरहरैचा नगरपालिका हुदा उनको आफ्नै करिब ५० लाख हाराहारीको कार छ भने घर समेत निर्माण गरि सकेका छन ।

यता सुन्दरहरैचा नगरपालिकाका इन्जिनियर सुनिल अधिकारीले सम्झौता भए अनुरुपको भवन निर्माण नभएको बतएका छन । तर भवन सम्झौता भए अनुरुप नै बन्ने बताए ।

उनले बाटो देखि भवन अगाडीको सबै भाग पुर्ने गरि सम्झौता गरेको बताए पनि सावाना निर्माण सेवाका मोहमद अब्दुल मियाले भवन निर्माण र जिम्सन लगाउने सम्झौता मात्र भएको बताए । उनले बाटो र अगाडिको खाली भाग पुर्ने सम्झौता नभएको बताएका छन ।

यता सम्झौता भएको फायल भने कर्मचारीको मिलेमतोमा लुकाइएको छ । सञ्चारकर्मीलाई दिउँसो दुई बजे देखि पाच बजे सम्म वल्लो रुम र पल्लो रुम गर्दै नगरका केही कर्मचारीले सम्झौता भएको फायल नै नदिएर लुकाएका छन ।

अनुगमन समितिका संयोजन रहेकी सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बेखबर बनेको बताए पनि उनले स्थलगत अनुगमन गरी उक्त कार्यको बिल भुक्तानीको लागि फायल लेखा शाखामा सिफारिस गरेकी छिन ।

निर्माण कार्यमा अनियमितता भएको खबर उपप्रमुखलाई थाहा हुदा हुँदै पनि उक्त कार्यको बिल भुक्तानीको अन्तिम तयारीमा लेखा शाखामा पुगेको नगरपालिका स्रोतले बताएको छ ।

सम्झौताको फायल लेखा शाखमा हुदा हुँदै नगरपालिकाका केही कर्मचारीको बचाउ गर्दै नगरपालिकाका केही कर्मचारीले सम्झौता फायल सार्वजनिक गरेका छैनन ।

यस अघि पनि सुन्दरहरैचा नगरपालिकाका प्राविधिक ( इन्जिनियरहरु ) ले जनताको कार्य गर्दा दुख दिएको गुनासोहरु आउदै गरेको थियो ।