लेटाङमा अपांगता भएकी एक बालिका बलात्‍कृत

लेटाङ । मोरङको लेटाङ नगरपालिका ८ मा अपांगता भएकी एक वर्षिय बालिका बलात्‍कृत भएकी छिन । उनीमाथि बलात्कार गरेको आरोपमा लेटाङ नगरपालिका–८ बाट १९ वर्षीय भीम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २८ गते राती उनी बलात्‍कृत भएको प्रहरीले जनाएको छ । उनी साथीको मा सुत्न गएकी थिईन । साथीको घरमा सुत्न गएकी १६ वर्षीया बालिका साथीकै आफन्त पर्ने युवाबाट बलात्कृत भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

बालिका घर फर्किएपछि अप्ठेरो र असजिलो महसुस गर्न थालेकाले परिवारका सदस्यले सोधीखोजी गर्न थालेका थिए। सोधीखोजी गर्न थालेपछि उनी बलात्कृत भएको पत्ता लागेको प्रहरीले जनाएको छ । अपांगता भएकी बालिकाको बोली प्रष्ट छैन । मंगलबार पक्राउ परेका ती युवाविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ ।