हत्या अभियुक्त सुन्दरहरैचाका ‘फटाहा कान्छा’ १९ बर्षपछि पक्राउ

सुन्दरहरैँचा । हत्या गरेको १९ बर्षपछि प्रहरीले एक अभियुक्त लाइ पक्राउ गरेकाे छ । सुन्दरहरैँचा ६ का ‘फटाहा कान्छा’ भनिने ‘प्रेम मोक्तानलाई’ इटहरी प्रहरीले पक्राउ गरेकाे हाे ।

वि.सं. २०५८ साल वैशाख ४ गते राती साँढे एघार बजे प्याराडाईज रेस्टुरेन्ट एन्ड पुल हाउसमा इटहरीका रोशन चौधरीलाई हत्या गरेको अभियोगमा मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । फटाहा कान्छा भनिने प्रेम र रमित मोक्तानले रोशनको हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

मोक्तान लकडाउनका बेला लुकिछिपि घर आएका थिए । गाेप्य सूचनाको आधारमा असार १८ गते उनलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी बताए ।