सुन्दरहरैंचा नगरपालिकामा एक वडा, एक प्राविधिक

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाका कर्मचारीको आन्तरिक सरुवामा यस पटक भने प्राविधिकलाई समेत वडामा पठाउने निर्णय भएको छ । ‘एक प्राविधिक, एक वडा’को अवधारणाअनुसार सबै वडामा प्राविधिक खटाउने निर्णय भएको हो ।

धेरै अघिबाट प्राविधिकसहितको सेवा दिन नगरवासीले गरेको आग्रह यसपटक पूरा भएको छ । तर नगरपालिकाले निर्णय गरेपनी यस निर्णयको कार्यान्वयन भएको छैन ।

नगरपालिकाले साउन ५ गते तोकेको जिम्मेवारीअनुसार वडा नम्बर १ मा सब इञ्जिनियर प्रदीप राईलाई खटाएको छ । वडा नम्बर २ मा खड्ग बस्नेत, वडा नम्बर ३ मा सूचित मगर, वडा नम्बर ४ मा श्रीनारायण तबदार, वडा नम्बर ५ मा इश्वरजंग कार्की र वडा नम्बर ६ मा कुमार बस्नेतलाई खटाइएको छ ।

त्यस्तै, वडा नम्बर ७ मा कुशलराज निरौला, वडा नम्बर ८ मा भरोसा खतिवडा, वडा नम्बर १० मा सुनिल तिम्सिना, वडा नम्बर ११ मा अम्बिका गुरागाई, वडा नम्बर १२ मा अ.सब इन्जिनियर रोशनी कार्कीलाई जिम्मेवारी दिइएको हो । वडा नम्बर९ मा भने कसैलाई पनि जिम्मेवारी तोकिएको छैन । मन्त्रालयबाट समायोजन भइसकेकाले केही दिनमै वडा नम्बर ९ मा भने प्राविधिक पठाइने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईले जनताको सहजताका लागि वडामा प्राविधिक पठाइएको र योजनाका काम गर्न सहज हुने बताए । यसभन्दा अघि एक जना प्राविधिकलाई २÷३ वडाको जिम्मा दिइँदै आइएकोमा अहिले सबै वडामा पुग्ने प्राविधिक भएकाले ‘एक वडा एक प्राविधिक’को व्यवस्था गरिएको चापागाईंले बताए ।