नेपालमा १२० दिन लामो भएको लकडाउन हट्यो

काठमाडौ । सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारले चैत ११ गतेदेखि जारी गरेको १२० दिनको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन ।