बक्राहा खोलाको बाध फुटेर वस्ती पस्यो बाढी

मोरङ । मोरङको सुनवर्षी नगरपालिका वरङ्गामा बक्राहा खोलाको बाँध फुटेर बाढी बस्तीमा पसेको छ ।

सुनवर्षी नगरपालिका–७ हुँदै बगेको बक्राहा खोलाले सोमबार बेलुका करिब १५ मिटर बाँध फुटाएको हो । वरङ्गाबाट पश्चिम चैता र मल्धैयाको बिचमा पर्ने बाँध फुटेको हो ।

खोला बस्तीमा पस्दा मल्धैयाका चार परिवार विस्थापित भएको जनाइएको छ ।