कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला

धनगढी । कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न चार स्थानमा बम जस्तै देखिने शंकास्पद वस्तु फेला हो । नेपाली सेनाको टोलीले ती शंकास्पद वस्तु निष्कृय पारेको छ । ती शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्दपी प्रहरीले भने विप्लब समुहले उक्त शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरेको छ ।