तेह्रथुममा खोलाले बगाएको महिलाको शव भेटियो

तेह्रथुम । तेह्रथुम लालीगुरास-९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । आज दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खालाले बगाई बेपत्ता बनाएको थियो । 

बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन ।