सुन्दरहरैचामा खोलामा डुबेर तीन वर्षीय बालकको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं ११ स्थित पिपलचौकमा संजय दनुवारको छोरा वर्ष ३ को संजिव दनुवारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

घर अगाडि खेल्ने क्रममा नजिकैको खोलामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

खोलामा डुबेर घाइते भएका बालक दनुवारलाई उपचार गर्न अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।